चिनले भन्यो, ‘नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्छौं’
काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई चीन सरकारले बधाई दिएको छ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीलाई बधाईसहित शुभकामना दिएका हुन् ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        