रास्वपामा १६ सदस्यीय पदाधिकारी संरचना प्रस्ताव, संगठन पुनर्संरचनामा बहस
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्ताव गरेको १६ सदस्यीय पदाधिकारी संरचना र संगठन पुनर्संरचनाबारे पार्टीभित्र विभिन्न राजनीतिक दृष्टिकोणहरू सतहमा आएका छन्। सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा तयार भएको विधान संशोधन मस्यौदा अहिले केन्द्रीय समितिमा छलफलको चरणमा रहेको छ।

