IME remit
  • मंगलवार, कार्तिक १८,२०८२ 09:01:36
जेनजी आन्दोलनः लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुन क्रसर महासंघको आग्रह
NEWS

जेनजी आन्दोलनः लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुन क्रसर महासंघको आग्रह

काठमाण्डौ। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।महासंघका अध्यक्ष सिताराम न्यौपानेले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना...

धरानको ध्वस्त भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला
NEWS

धरानको ध्वस्त भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला

काठमाण्डौ । कोशी प्रदेशस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकास्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एक शव भेटिएको छ।शुक्रबार भाटभटेनीको आगो निभाई सरसफाई गर्ने क्रममा स्थानीय र सुरक्षाकर्मीको टोलीले पूर्ण रुपमा जलेको अवस्थामा शव फेला पारेका हुन् ।

विद्यमान परिस्थितिमा सेनालाई जोडेर भईरहेका भ्रामक र झुटा  समाचारमा विश्वास नगर्न आग्रह
NEWS

विद्यमान परिस्थितिमा सेनालाई जोडेर भईरहेका भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह

काठमाण्डौ । नेपाली सेनाले नेपालको सेनाका बारेमा सार्वजनिक भईरहेको भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको हो ।  

जेनजीलाई राजेश पायलको आग्रह, ‘मलाई सञ्चार र विदेश मन्त्रालयको जिम्मेवारी देउ, म भन्दा धेरै विदेश कोही गएको छैन’
NEWS

जेनजीलाई राजेश पायलको आग्रह, ‘मलाई सञ्चार र विदेश मन्त्रालयको जिम्मेवारी देउ, म भन्दा धेरै विदेश कोही गएको छैन’

काठमाण्डौ । गायक राजेश पायल राईले जेनजी समूहलाई अब बन्ने नयाँ सरकारमा आफूलाई सञ्चार र विदेश मन्त्रालयको जिम्मेवारी प्रदान गर्न आग्रह गरेका छन् । राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिन आग्रह गरेका हुन् ।  

पहिलो महिला प्रधानमन्त्रीको सपथ स्थगित, संसद् विघटनको मुद्दाले वार्ता अड्कियो
NEWS

पहिलो महिला प्रधानमन्त्रीको सपथ स्थगित, संसद् विघटनको मुद्दाले वार्ता अड्कियो

काठमाण्डौ । नेपालमा पहिलोपटक पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सर्वपक्षीय सहमति जुटे पनि संसद् विघटनको मुद्दाले वार्ता अड्किएको छ। शुक्रबार बिहान ९ बजे हुने भनिएको कार्कीको सपथ समारोह संसद् विघटनको विवादका कारण केही समयका लागि स्थगित भएको छ।

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु
NEWS

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

काठमाण्डौ । रौतहटमा शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।  साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्म अत्यावश्यक आवतजावतका लागि समय तोकिएको छ । त्यस्तै साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने छ ।  

उपत्यकाको निषेधाज्ञा खुकुलो, अत्यावश्यक काम गर्ने समय एकघण्टा थप
NEWS

उपत्यकाको निषेधाज्ञा खुकुलो, अत्यावश्यक काम गर्ने समय एकघण्टा थप

काठमाण्डौ । नेपाली सेनाले उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुर क्षेत्रमा लगाइएको निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको छ ।  सेनाले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञाको समय बिहीबारको तुलनामा शुक्रबार एकघण्टाले कम गर्दै अत्यावश्यक कामका लागि आवतजावत गर्ने तथा किनमेल गर्ने समय एकघण्टा बढाएको छ ।  नेपाली सेनाका अनुसार भदौ २७ गते शुक्रबार बिहान ६ बजेदेखि ११...

पूर्व सुरक्षा प्रमुखहरूको चेतावनी : "राजनीतिक निकास ढिलो भयो भने सुरक्षा संकट गहिरिन्छ"
NEWS

पूर्व सुरक्षा प्रमुखहरूको चेतावनी : "राजनीतिक निकास ढिलो भयो भने सुरक्षा संकट गहिरिन्छ"

काठमाण्डौ । मुलुकमा जारी अनिश्चितता लामो समयसम्म रह्यो भने सुरक्षा संकट थप गहिरिने भन्दै पूर्व उच्च सुरक्षा अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले छिट्टै राजनीतिक सहमति मार्फत समाधान खोज्न नेतृत्व तहलाई आग्रह गरेका छन्।

दुर्गा प्रसाईलाई पटक-पटक वार्तामा छिराएपछि रिसाए जेन-जी, राष्ट्रपतिसँग सोझै वार्ता गर्न नपाए सत्याग्रह थाल्ने
NEWS

दुर्गा प्रसाईलाई पटक-पटक वार्तामा छिराएपछि रिसाए जेन-जी, राष्ट्रपतिसँग सोझै वार्ता गर्न नपाए सत्याग्रह थाल्ने

काठमाण्डौ । बुधबार रातिदेखि बिहीबार दिनभरसम्म नेपाली सेनासँग वार्तामा बसेका जेन जी अभियानका नेताहरु निश्कर्षविहीन अवस्थामा जंगीअड्डाबाट बाहिरिएका छन् ।  बुधबार र बिहीबार भएका वार्ताका क्रममा प्रत्येक पटक सेनापति अशोकराज सिग्देलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई समेत आन्दोलनको स्टेकहोल्डर भन्दै अगाडि सारेपछि जेन जी अभियन्ताले वार्ता निश्कर्षविहीन बन्न पुगेको...

जेन-जीका दुई आदर्श पात्रबीच तिक्तता, हर्कले बालेनलाई 'डरपोक'को संज्ञा दिए
NEWS

जेन-जीका दुई आदर्श पात्रबीच तिक्तता, हर्कले बालेनलाई 'डरपोक'को संज्ञा दिए

काठमाण्डौ । जेनजी पुस्ताबीच आदर्शका पात्र बनेका दुई लोकप्रिय व्यक्तिबीच तिक्तता बढेको देखिएको छ ।  काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह९बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच तिक्तता सुरु भएको हो । 

देशका अधिकांश हल अनिश्चितकालका लागि बन्द
NEWS

देशका अधिकांश हल अनिश्चितकालका लागि बन्द

काठमाण्डौ । देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै देशभरका अधिकांश मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ।  क्युएफएक्स आईएनआई, विग मुभिज, वान सिनेमाज् लगायतले अनिश्चितकालका लागि हल बन्द गर्ने निर्णय गरेका हुन्।

‘कम्तीमा एक महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ, चाहिनेभन्दा बढी नथुपारौँ’
NEWS

‘कम्तीमा एक महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ, चाहिनेभन्दा बढी नथुपारौँ’

काठमाण्डौ । जेनजी आन्दोलन,कर्फ्यु र निषेधाज्ञाले आपूर्ति प्रणालीमा केही समस्या भए पनि खाद्यान्न मौज्दात पर्याप्त रहेको व्यवसायीहरूले बताएका छन् । खाद्य किराना व्यवसायी संघ र खुद्रा व्यापार संघका अनुसार चामल, दाल, तेल,आँटा, मौदा, गेडागुडी पर्याप्त छ ।‘खाद्यान्नको अवस्थाबारे चिन्ता गर्नुपर्ने अवस्था नै छैन । खुद्रा र होलसेल गरी कम्तीमा पनि एक महिनालाई पुग्ने मौज्दात छ,’...

बाँके कारागारमा आगजनी
NEWS

बाँके कारागारमा आगजनी

काठमाण्डौ । बाँकेको नेपालगन्जस्थित कारागारमा कैदीबन्दीहरूले आगजनी गरेका छन् । बाहिर निस्कन पाउनु पर्ने माग गर्दै आज कैदीबन्दीहरुले आगजनी र तोडफोड गरेका हुन्। आगजनी र तोडफोड भएसँगै अहिले कारागारको अवस्था तनावग्रस्त बनेको छ ।  

सर्वोच्च आइतबारदेखि आंशिक रूपमा सञ्चालन, बन्दीप्रत्यक्षीकरण निवेदन सुन्ने निर्णय
NEWS

सर्वोच्च आइतबारदेखि आंशिक रूपमा सञ्चालन, बन्दीप्रत्यक्षीकरण निवेदन सुन्ने निर्णय

काठमाण्डौ । आगजनी र तोडफोडका कारण करिब एक सातादेखि ठप्प रहेको सर्वोच्च अदालत आइतबारदेखि आंशिक रुपमा सञ्चालनमा आउने भएको छ।

सेनाको सुरक्षा अपडेट: ९४ नाल हतियार बरामद, राजविराज कारागारबाट भाग्न खोज्ने १९२ कैदी नियन्त्रणमा
NEWS

सेनाको सुरक्षा अपडेट: ९४ नाल हतियार बरामद, राजविराज कारागारबाट भाग्न खोज्ने १९२ कैदी नियन्त्रणमा

काठमाण्डौ । नेपाली सेनाले पछिल्लो समयको सुरक्षा अपडेट सार्वजनिक गरेको छ।  सेनाका अनुसार सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । 

पत्रकार तथा मिडियालाई निशाना बनाइयो, देशैभरका पत्रकार असुरक्षित : महासंघ
NEWS

पत्रकार तथा मिडियालाई निशाना बनाइयो, देशैभरका पत्रकार असुरक्षित : महासंघ

काठमाण्डौ । नेपाल पत्रकार महासंघले पत्रकार तथा मिडियालाई निशाना बनाइएको जनाएको छ । नेपाल पत्रकार महासंघले एक विज्ञप्ती जारी गर्दै जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरु र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको जनाएको हो ।  

आन्दोलनकारीको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको छ, संयमित बनौं : राष्ट्रपति पौडेल
NEWS

आन्दोलनकारीको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको छ, संयमित बनौं : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनकारीहरुको माग छिटो भन्दा छिटो सम्बोधन गर्ने प्रयास भईरहेको बताएका छन् । राष्ट्रपति पौडेलले एक विज्ञप्ती  जारी गर्दै आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भईरहेको बताएका हुन् ।  

हर्क साम्पाङ समर्थक जाइलागेपछि जेनजी समूहबीच ग्याङ फाइट, धरहरा क्षेत्रमा तनाव
NEWS

हर्क साम्पाङ समर्थक जाइलागेपछि जेनजी समूहबीच ग्याङ फाइट, धरहरा क्षेत्रमा तनाव

काठमाण्डौ । हर्क साम्पाङका समर्थक अन्तरिम सरकारको प्रमुखमा अरुको नाम लिने समूहमाथि कुटपिटमा उत्रिएका छन् । जसका कारण अहिले ग्याङ फाइट जारी रहेको छ । 

लुटिएको हातहतियार बुझाउन र बर्दीको दुरुपयोग नगर्न नेपाल प्रहरीको आग्रह
NEWS

लुटिएको हातहतियार बुझाउन र बर्दीको दुरुपयोग नगर्न नेपाल प्रहरीको आग्रह

काठमाण्डौ । नेपाल प्रहरीले जेनजी प्रदर्शनका क्रममा लुटिएको प्रहरीलगायत अन्य सुरक्षा निकायको हातहतियार लगायतका सामाग्री फिर्ता गर्न आग्रह गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्त भदौ २३ गतेदेखि २५ गते सम्म भएको प्रदर्शनको क्रममा लुटिएको सामानहरु फिर्ता गर्न आग्रह गरेको हो ।

त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द
NEWS

त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । बिहिबार विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलमा  ‘भीआईपी’ सुविधा बन्द गरिएको जनाएको हो ।    

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.