ट्रेड युनियन खारेजीविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारको निर्णय यथावत्
काठमाण्डौ । निजामती कर्मचारी तथा सरकारी क्षेत्रका पेसागत संगठनहरू खारेज गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम राहत दिन अस्वीकार गरेको छ।यससँगै अध्यादेशमार्फत लागू गरिएको सरकारी व्यवस्था तत्कालका लागि कार्यान्वयनमै रहने भएको छ।

