बिहीबार, पुष ११,२०८१ 09:34:07
IME remit
  • बिहीबार, पुष ११,२०८१ 09:34:07
यूनाइटेड अजोड इन्स्योरेन्सको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

यूनाइटेड अजोड इन्स्योरेन्सको करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी जनार्दन देव पन्तको नाममा रहेको ३३ हजार १३७ कित्ता र अन्जु पाण्डेको नाममा रहेको १६ हजार ५६८ कित्ता गरी कुल ४९ हजार ७०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर  खरिदका लागि कम्पनीका विद्यमान संस्थापक...

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  बैंकले सूर्योदय वोमी लघुवित्तको ६८ हजार ८०५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।  इच्छुक लगानीकर्ताले आगामी असार १७गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य ३०८ रुपैयाँ निर्धारण गरिएको छ ।  

लाभांश पारित गर्न सीआईटीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

लाभांश पारित गर्न सीआईटीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)ले वार्षिक साधारण सभा आह्वान गरेको छ । असार ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३१ गते सोमबारका दिन काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कोषको सञ्चालक समितिद्वारा गत आव २०७९/८० का लागि प्रस्तावित १४ प्रतिशत...

निफ्राको १० लाख कित्ता सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने, न्यूनतम मूल्य कति ?
STOCK MARKET

निफ्राको १० लाख कित्ता सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  इच्छुक लगानीकर्ताले आगामी असार १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता...

हिमालयन रि–इन्स्योरेन्सको लक इन अवधि आज समाप्त हुँदै
STOCK MARKET

हिमालयन रि–इन्स्योरेन्सको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आज समाप्त हुँदैछ ।  कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयर पुस ११ गते बाँडफाँड गरेको थियो ।...

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ निष्कासन गर्ने
STOCK MARKET

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ निष्कासन गर्ने

ग्राउण्ड जिरोः अधिकांश लगानीकर्ताबीच फाइनान्स कम्पनीको चर्चा, कोहि भने डुब्ने डरले दोधारमा
STOCK MARKET

ग्राउण्ड जिरोः अधिकांश लगानीकर्ताबीच फाइनान्स कम्पनीको चर्चा, कोहि भने डुब्ने डरले दोधारमा

काठमाण्डौ । साताको पहिलो कारोबार दिन हामीले विभिन्न ब्रोकरहाउसहरुमा पुगेर लगानीकर्ताहरुको बिचार सुन्ने र बुझ्ने कार्यलाई आज पनि निरन्तरता दिएका छौं ।  यसै सिलसिलामा आज हामीले फरक–फरक ठाउँका ब्रोकर हाउसमा गएर लगानीकर्तालाई सुन्यौं । पुतलीसडक, नागपोखरी र अनामनगरस्थित केही ब्रोकरमा गई लगानीकर्ताको विचार बुझ्ने प्रयास गरेका छौं ।ब्रोकरहाउसको संख्या धेरै रहेको...

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स
STOCK MARKET

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा हरियाली छाएको छ भने बाँकी सबै सूचक राताम्य भएका छन् ।बीमा समूहका...

सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘असार मसान्तको प्रभाव देखिन थाल्यो’
STOCK MARKET

सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘असार मसान्तको प्रभाव देखिन थाल्यो’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ५.३७ अंकले घटेर २०६२.९४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ३६४.४२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर ४ अर्ब ३७...

समाज लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

समाज लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३० गते आइतबारका दिन सर्लाही मलंगवामा रहेको जानकी फ्यामिली होटल एण्ड पार्टी प्यालेसमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारण समूह ख बाट २ जना सञ्चालकको...

एनआईसी एशिया लघुवित्तका अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत
STOCK MARKET

एनआईसी एशिया लघुवित्तका अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सुवर्ण पौडेलको राजीनामा स्वीकृत भएको छ । असार ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पौडेलले दिएको राजीनामा स्वीकृत गरेको हो ।  पौडेलको राजीनामा गत असार ६ गतेबाट लागू हुने गरि स्वीकृत भएको हो । उनले सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

शिवम् सिमेन्ट्सका स्वतन्त्र सञ्चालक चन्द्र कुमार घिमिरेको राजीनामा स्वीकृत
STOCK MARKET

शिवम् सिमेन्ट्सका स्वतन्त्र सञ्चालक चन्द्र कुमार घिमिरेको राजीनामा स्वीकृत

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडका स्वतन्त्र सञ्चालक चन्द्र कुमार घिमिेरेको राजीनामा स्वीकृत भएको छ । घिमिरेले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजीनामा असार ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  उनको राजीनामा असार १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो । 

रिलायन्स फाइनान्सले गर्यो लाभांश वितरण नगर्ने निर्णय
STOCK MARKET

रिलायन्स फाइनान्सले गर्यो लाभांश वितरण नगर्ने निर्णय

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई गत आवको सञ्चित मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  उक्त बैठकले उक्त आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाट राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत...

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
STOCK MARKET

निफ्राको १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राख्ने भएको छ । बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर असार १० गतेदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्न लागेको हो ।  इच्छुक लगानीकर्ताले आगामी असार १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको...

विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा
STOCK MARKET

विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने, डाक्यो साधारण सभा

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३० गते आइतबारका दिन धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारणका लागि छुट्टाइएको साधारण सेयर सम्बन्धित निकायबाट स्वीकृत लिई...

आईपीओसहित ३६ अर्बको धितोपत्र पाइपलाइनमा, अनुमति दिने यस्तो छ बोर्डको तयारी
STOCK MARKET

आईपीओसहित ३६ अर्बको धितोपत्र पाइपलाइनमा, अनुमति दिने यस्तो छ बोर्डको तयारी

काठमाण्डौ । धितोपत्र बोर्डले लामो समयदेखि रोकि राखेको धितोपत्र निष्कासनको प्रक्रियालाई अघि बढाएको छ । बोर्डले आज हिमालयन उर्जालाई हकप्रद निष्कासनको अनुमति दिएको छ ।  धितोपत्र बोर्डका प्रवक्ता नबराज अधिकारीका अनुसार अब बोर्ड बैठक बसेर आईपीओ एफपीओ तथा हकप्रद निष्कासनको प्रक्रिया अघि बढाउने जानकारी दिए । हाल धितोपत्र बोर्डको पाइपलाइनमा १६ वटा जलविद्युत कम्पनीसहित ३५ वटा...

यो साता अधिक कमाउनेमा लघुवित्त र जलविद्युत, नेपाल फाइनान्सले मालामाल
STOCK MARKET

यो साता अधिक कमाउनेमा लघुवित्त र जलविद्युत, नेपाल फाइनान्सले मालामाल

काठमाण्डौ । यो साता टप १० कम्पनीहरुमा अधिकांश लघुवित्त र जलविद्युत कम्पनीहरु परेका छन् । जसमा पहिलो नम्बरमा नेपाल फाइनान्सका लगानीकर्ताहरुले २६ प्रतिशतसम्म आम्दानी गरेका छन् । 

यो साता नेप्सेको चार्टमा बन्यो वियरिस मारुबुजु क्याण्डल, कस्तो रहँला आगामी साता ?
STOCK MARKET

यो साता नेप्सेको चार्टमा बन्यो वियरिस मारुबुजु क्याण्डल, कस्तो रहँला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार ३ दिन घट्यो  भने १ दिनमात्रै बढ्यो । अघिल्लो साता २११२.२९ को विन्दुमा बन्द भएको बजार यो साता २०६८.९१ विन्दुमा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा ४३.३८ अंकको गिरावट आयो ।  अघिल्लो साता बजारमा ३४.५१ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा १६.८ अर्बको कारोबार भयो । अघिल्लो साता २८.५७ अर्बको कारोबार भएको...

धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुनःसुचारु, हिमालयन उर्जाले पायो हकप्रद जारी गर्ने अनुमति
STOCK MARKET

धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुनःसुचारु, हिमालयन उर्जाले पायो हकप्रद जारी गर्ने अनुमति

काठमाण्डौ । लामो समयदेखि अवरुद्ध रहेको धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुनःसुचारु भएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन उर्जा कम्पनी लिमिटेडलाई हकप्रद निष्कासनको अनुमति दिदै लामो समयदेखि अवरुद्ध रहेको धितोपत्र निष्कासनको अनुमति प्रक्रिया पुन सुचारु गरेको हो ।  सेबोनले आज असार ७ गते हिमालयन उर्जा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको हो ।...

६ महिना ठप्प धितोपत्रको सार्वजनिक निश्कासन पुनः सुरु, हिमालय उर्जाले पायो हकप्रदको अनुमति
STOCK MARKET

६ महिना ठप्प धितोपत्रको सार्वजनिक निश्कासन पुनः सुरु, हिमालय उर्जाले पायो हकप्रदको अनुमति

काठमाण्डौ । लामो समयदेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासनको प्रक्रिया पुनः सुरु भएको छ ।  नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रिया अन्यौलमा परेसँगै विगत झण्डै ६ महिनादेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासन प्रक्रिया पुनः सुरु भएको हो । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.