सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने आवेदन माग...