महिला लघुवित्तको करिब २ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको झण्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले साउन ८ गते...