नेष्डो समृद्ध लघुवित्तकी अध्यक्ष सावित्री खत्री क्षेत्रीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनिर्वाचित अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । नेपाल राष्ट्र बैंक पोखरा कार्यालय प्रमुख, निर्देशक विना ढकाल पौडेलसमक्ष उनले सपथ ग्रहण गरेकी हुन् । संस्थाको गत जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकबाट लामिछाने अध्यक्ष पदमा चयन भएकी थिइन् ।