१३ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सिटिजन लाइफ
काठमाण्डौं । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९०० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ७२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ९ वटा समूहमा हरियाली छाएको छ भने ४ वटा उपसूचक राताम्य भएका छन् । बीमा...