शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । आज साताको अन्तिम कारोबारमा १० अर्बमाथिको कारोबार हुँदा ५ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ५ वटाबाटै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७३ करोड ७२ लाखको खरिद भएको छ भने ७० करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ३७ करोड १२ लाखको खरिद भएको छ भने ४७ करोड ७६ लाखको बिक्री भएको छ ।