विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा मन्दीको त्रास, एशियाली र अमेरिकी सेयर बजारमा व्यापक गिरावट
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका आर्थिक मन्दीमा जाने भयका कारण एशियाली र अमेरिकी सेयर बजारमा व्यापक गिरावट आएको छ । अमेरिकी दिग्गज टेक कम्पनी एनभिडियाको सेयरमूल्य लगभग १० प्रतिशतले घटेको छ । अमेरिकी सेयर बजारका मुख्य स्टक इन्डेक्समा गिरावट आउँदा बुधबार अधिकांश एशियाली सेयर बजार ओरालो लागेका छन् ।