आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले डाक्यो साधारण सभा
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ३० गतेका लागी विशेष साधारण सभा डाकेको हो । उक्त सभा बुटवलमा रहेको होटल डेनेभोमा दिनको १ बजेदेखि आयोजना हुनेछ ।