नेप्सेमा ३८ अंकको गिरावट, जानकार भन्छन्, ‘चाडपर्वको प्रभाव देखिन सुरु’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १.३५ प्रतिशत अर्थात ३७.१० अंकले घटेर २ हजार ७८२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१८ प्रतिशतले घटेर ४७७.६९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता...