• शनिबार, भाद्र २८,२०८२ 04:22:11
सूर्योदय वोमी लघुवित्तको ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तको ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३४ हजार ७५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

माबिलुङ्ग इनर्जीको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल
STOCK MARKET

माबिलुङ्ग इनर्जीको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल

काठमाण्डौ। माबिलुङ्ग इनर्जी लिमिटेडले सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयानुसार लक्ष्मी सनराइज क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

आईपीओ निष्कासनको प्रस्तावसहित फ्लोरिड ल्याबोरेटोरिजले डाक्यो साधारण सभा
STOCK MARKET

आईपीओ निष्कासनको प्रस्तावसहित फ्लोरिड ल्याबोरेटोरिजले डाक्यो साधारण सभा

काठमाण्डौ । फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज ७ गतेका लागि साधारण सभा डाकेको हो ।  उक्त सभा ललितपुरको धापाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको १ बजेदेखि सुरु हुनेछ ।  

विकास हाईड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

विकास हाईड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो ।  कम्पनीको उक्त सभा असोज १० गते काठमाण्डौको नयाँबजारमा रहेको सासा ब्याङक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

आजदेखि बुङ्गल हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
STOCK MARKET

आजदेखि बुङ्गल हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता सेयर जारी गरेको हो ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन...

म्युचुअल फण्डहरुको नाफामा गिरावट, १६ वटा घाटामा
STOCK MARKET

म्युचुअल फण्डहरुको नाफामा गिरावट, १६ वटा घाटामा

काठमाण्डौ । म्युचुअल फण्डहरुको खुद नाफा शतप्रतिशत घटेको छ । चालु आवको साउन महिनामा सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले १० करोड ८७ लाख ७३ हजार रुपैयाँ मात्रै नाफा कमाएका हुन् ।  यो नाफा असार महिनाको तुलनामा ९८.४७ प्रतिशत कम हो । असार मसान्तसम्म फण्डहरुले ७ अर्ब १० करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सो अवधिसम्म आइपुग्दा २९ वटा फण्ड नाफामा रहेका छन् भने १६ म्युचुअल फण्ड...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ६ अर्ब ६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स...

मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?
STOCK MARKET

मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजारको कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि बजार घटेर बन्द भएको छ । आज बजार घट्दा अघिल्लो कारोबारको तुलनामा झण्डै २ अर्बले कारोबार घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले आज मध्य ब्याण्डबाट तल खसेको छ ।  अर्थात बजारले मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको छ । अब बजारले तल्लो ब्याण्ड अर्थात २७१८ विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ ।...

एनआइएमबी एस क्यापिटल, पायोनियर ल एसोसियट्स र इक्रा नेपालद्वारा ‘रोड टु आईपीओ’ कार्यक्रम सम्पन्न
STOCK MARKET

एनआइएमबी एस क्यापिटल, पायोनियर ल एसोसियट्स र इक्रा नेपालद्वारा ‘रोड टु आईपीओ’ कार्यक्रम सम्पन्न

काठमाण्डौ । एनआइएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एसोसियट्स र इक्रा नेपालसँगको सहकार्यमा २९ अगस्त २०२५ मा होटल एलफ्ट मा ‘रोड टु आईपीओ’ नामक कार्यशाला सफलतापूर्वक आयोजना गरेको छ। उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्काशनको प्रकृया मार्फत आफ्ना कम्पनीलाई सूचिकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मागएदर्शन...

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्, ‘बुल भन्दाभन्दै भयो अप्रिल फूल, दशैंको खसी पनि अर्कैले डोहोर्यायो’
STOCK MARKET

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्, ‘बुल भन्दाभन्दै भयो अप्रिल फूल, दशैंको खसी पनि अर्कैले डोहोर्यायो’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज हामीले त्रिपुरेश्वर, टेकु ,सुन्धारा र न्यूरोड आसपारका ब्रोकर हाउसहरु पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको विचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं ।आज बजारमा सुरुवाती कारोबारदेखि नै बिक्री दबाब देखिन्थ्यो । ब्रोकर हाउसहरुमा लगानीकर्ताहरु निकै अन्यौल्तामा देखिन्थे ।...

लक्ष्मी सनराइज क्यापिटलद्वारा सञ्चालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित १ अर्ब रकम संकलन
STOCK MARKET

लक्ष्मी सनराइज क्यापिटलद्वारा सञ्चालित लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित १ अर्ब रकम संकलन

काठमाण्डौ । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डले निर्धारित १ अर्ब रकम संकलन गर्न सफल भएको छ । यो फण्ड लक्ष्मी सनराइज क्यापिटलद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो ।  जलबिद्युत, सौर्य, वायु उर्जा तथाख अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा...

हिमालयन बैंकको साढे ९२ लाख कित्ता एफपीओ सूचीकृत
STOCK MARKET

हिमालयन बैंकको साढे ९२ लाख कित्ता एफपीओ सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन बैंक लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो ।  

नेप्सेमा १.०५ करोड कित्ता हकप्रद सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा १.०५ करोड कित्ता हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । दोर्दी खोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद सेयर आज सूचीकृत भएको हो ।

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
STOCK MARKET

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १ प्रतिशत र निर्जीवन बीमा समूह १.१३ प्रतिशतले घटेको छ ।...

लगातार दुईदिन घट्यो नेप्से, सबै समूह राताम्मे
STOCK MARKET

लगातार दुईदिन घट्यो नेप्से, सबै समूह राताम्मे

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१२ प्रतिशत अर्थात ३१.१७ अंकले घटेर २ हजार ७४९.८३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९८ प्रतिशतले घटेर ४७२.९८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ४८ लाख ५ हजार ५६९...

‘हिमालयन ८०–२०’ को लाभांश घोषणा
STOCK MARKET

‘हिमालयन ८०–२०’ को लाभांश घोषणा

काठमाण्डौ । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको छ । हिमालयन क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाका इकाईधनीहरुलाई आव २०८१/८२ का लागि लाभांश घोषणा गरिएको हो ।

नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने
STOCK MARKET

नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले यही असोज २ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय कित्ताको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत भदौ ९ गते एक दिनका लागि बुक क्लोज...

एशियन लाइफले साढे ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्री गर्ने
STOCK MARKET

एशियन लाइफले साढे ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्री गर्ने

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साढे ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ः०.४० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कम्पनीले यही भदौ २२ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने...

बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन
STOCK MARKET

बन्दिपुर केवलकारको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले आम सर्वसाधारणका भदौ ११ गतेदेखि ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको छ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले...

सपोर्ट लघुवित्तले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने, विशेष साधारण सभा आह्वान
STOCK MARKET

सपोर्ट लघुवित्तले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने, विशेष साधारण सभा आह्वान

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर स्वामित्व संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले सेयर स्वामित्व संरचना परिवर्तन गर्न विशेष साधारण सभा डाकेको छ ।  भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज ४ गते सुनसरीको इटहरीमा रहेको स्काई लक्सई होटलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.