एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने
TRENDING
काठमाण्डौ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत भदौ ११ गतेदेखि कुल ४ लाख ७३ हजार ६३ कित्ता आईपीओ जारी गरेको छ । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।...
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले करिब ४ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १ः०.५० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।...
काठमाण्डौ । लगानीकर्ताहरुको चर्को विरोधका बाबजुद सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अन्तिम १५ मिनेटको औसत सम्बन्धी नियमप्रति आफ्नो अडान दोहोर्याउँदै यो परिवर्तन नहुने प्रष्ट संकेत दिएको छ । नेप्सेले अन्तिम १५ मिनेटको औसतका आधारमा बजारको परिसूचक तथा कम्पनीको अन्तिम कारोबार मूल्य निर्धारण हुने व्यवस्थालाई विश्वव्यापी असल अभ्यास भन्दै...
काठमाण्डौ । साना किसान विकास लघुवित्तको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी पृथ बहादुर थापाले पाएका छन् । संस्थाको सीईओ डा. शिवराम प्रसाद कोइरालाको कार्यकाल भदौ १३ गते समाप्त भएसँगै संचालक समितिको बैठकले थापालाई कामु सीइओको जिम्मेवारी तोकेको हो ।
काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ख लिमिटेडका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल ब्यालेन्स्ड फण्ड–३ ले गत आवको मुनाफाबाट लगानीकर्तालाई प्रतिफल घोषणा गरेका हुन् । यी दुबै फण्डले १३ प्रतिशत दरले नगद लाभांश घोषणा गरेका हुन् । नबिल ब्यालेन्स्ड फण्ड–२ ले १३ प्रतिशत दरको कुल १४ करोड ५६ लाख रुपैयाँ बराबर र नबिल ब्यालेन्स्ड फण्ड–३ ले...
काठमाण्डौ । टिम भेञ्चर्स लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । भदौ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज ३ गते काठमाण्डौको लाजिम्पाटमा रहेको दूषित प्रिन्सेसमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सर्वसाधारणमा कम्पनीको आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँड भइसकेको छ । कम्पनीको आइपीओ हिजो बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा बाँडफाँड भएको हो । कम्पनीको सेयर १० कित्ताका दरले १९ हजार ५१९ जनालाई १ लाख ९५ हजार १९० सय कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता सेयर ५ जनालाई १÷१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।
काठमाण्डौ । यो साता पनि सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । यो साता ५ दिनको कारोबारमा ३ दिन नेप्से बढ्यो भने २ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ७५८ को बिन्दुमा बन्द भएको बजार यो साता २ हजार ७८१ को बिन्दुमा बन्द भयो । यस हिसाबले यो साता २३ अंकले बजार बढ्यो, अघिल्लो साता चाहिँ त्यसअघिको साताको तुलनामा बजार ३०.३९ अंकले घटेको थियो ।
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेललाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरिएको छ ।
काठमाण्डौ । पूँजी बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डले विभिन्न पद परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले एक सूचना जारी गर्दै सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि दरखास्त आह्वान गरेको हो । बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा यी पदहरु परिपूर्ति गर्न लागेको हो । जसअन्तर्गत सहायक निर्देशक कानून समूह २ जना र प्रशासन समूह १ जना र...
काठमाण्डौ । अमेरिकी सेयर बजार नयाँ उचाईमा पुगेको छ । बिहिबारको कारोबारमा अमेरिकी सेयर बजार मापक इन्डेक्स डाउ जोन्स इन्डष्ट्रियल एभरेज र एस एण्ड पी ५०० इन्डेक्स नयाँ उचाईमा बन्द भएका हुन् । एस एण्ड पी५०० इन्डेक्स ०.३२ प्रतिशतले बढेर ६५०१ विन्दुमा पुगेको छ । एस एण्ड पी५०० मा सूचीकृत ११ वटा सेक्टरमध्ये ७ वटा बढे । यो दिन कम्युनिकेशन सर्भिसेस सेक्टर सबैभन्दा धेरै बढ्यो । यो...
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले घोषणा गरेको १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ११२४.१० रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १२५८.९९ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा...
काठमाण्डौ । अघिल्लो दिन ५३ अंकले बढेको बजार बिहिबार ३८ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । यद्यपी पछिल्लो २ दिनको बजारमा भने २० दिनको औषत कारोबार बराबर भोल्युम आएको छ । अघिल्लो दिनको कारोबार टिक्न नसक्नुमा विभिन्न जानकारहरुका विभिन्न तर्क रहँदै आएका छन् । केहीले आउँदै गरेको चाडपर्वको प्रभाव बजारमा परेको बताएका छन् । केहीले भने बजारमा अल्पकालिन...
काठमाण्डौ । स्काईलाईन ईन्फ्रा लिमिटेडलेआईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । दुवै कम्पनीबीच सेयर निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्ध सम्झौता सम्पन्न भएको छ । यस सम्झौताले स्काईलाईन ईन्फ्रा...
काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडद्वारा सञ्चालित बागमती साना जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । योजनाको पुनः निर्माण कार्य सम्पन्न गरी कम्पनीको २ वटा युनिटमध्ये साउन १९ मा एउटा युनिट र अर्को युनिटबाट भदौ १२ देखि विद्युत उत्पादन सुचारु भएको हो ।
काठमाण्डौ । मिड सोलु हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने निर्णय गरेको हो । बैठकले आव २०८१/८२ सम्मको खुद मुनाफबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ८ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले पचास करोड रुपैयाँबराबरको ऋणपत्र ‘८% आईसिएफसि.फाइनान्स लिमिटेड डिबेञ्चर-२०८९’ निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् ।उक्त सम्झौतापत्रमा आईसिएफसि फाइनान्स...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । बीमा समूहका दुई उपसूचक मध्ये जीवन बीमा समुह १.६५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.०१ प्रतिशतले...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.