आईतवार, असार २८,२०८३ 04:21:44
Bizshala
  • आईतवार, असार २८,२०८३ 04:21:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माघ २४ देखि राजधानीमा ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’को तयारी अन्तिम चरणमा

Laxmi Sunrise Bank Limited
माघ २४ देखि राजधानीमा ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’को तयारी अन्तिम चरणमा

काठमाण्डौ । यही माघ २४ देखि २८ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३० औं संस्करणको‘ ‘क्यान इन्फोटेक २०२५’ तयारी अन्तिम चरणमा पुगेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यसबारे जानकारी दिएको हो।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना हुँदै आएको छ।

३० औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमीर सह–शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ।प्रायोजनका आधारमा यस बृहत सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम‘ एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिससिस्टम रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस–पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन्। प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेसपार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि (कता हो) र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन्।  

प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकरालवन नेपाल प्रालि, म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रालि, मेगाटेक ग्रुप, हाइ(टेक इन्जिनियरिङ प्रालि(डिजिकम), पाइन ओबरसिज प्रालि, सुबिसु केबल नेट प्रालि लगायतका संस्थाले सहयोग गरेका छन्। त्यस्तै अन्तर्राष्ट्रिय रूपमा विट्सा असोसियो टीओए सफ्टवेयर कर्प लगायतको सहयोग रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताए । ‘प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको माग अनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ अध्यक्ष पाण्डेले भने।नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग नीतिगत पक्षमा नजिकबाट सहकार्य गरिरहेको बताउँदै उनले सामूहिक प्रयत्नबाटै डिजिटल नेपालको सपना पूरा हुने धारणा राखे।

क्यान इन्फोटेक को शीर्ष प्रायोजक एचएमसी नेपालले प्रदर्शनीमा मुख्य आर्कषणका रुपमा हाइक सेमी स्टोरेज, हाइक भिजन स्मार्ट बोर्ड, डिजिटल साइनेज, डिजिटल कियोस्क, दहुवा सीसीटीभी, वाईफाई क्यामेरा, यूपीएस, मोनिटर, एसर ब्रान्डका ल्यापटपहरु, एप्सन ब्रान्डका प्रिन्टरहरू लगायतक विशेष प्रदर्शन गर्नेछ।

यसपटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत क्यान इन्फोटेकको टिकेट अनलाइनबाट खरिद गर्न सकिनेछ ।यसअन्तर्गत सर्वसाधारणका लागि रू १०० र विद्यार्थीका लागि रू. ५० शूल्क तोकिएको छ। जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्षमुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशूल्क प्रवेश व्यवस्था छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.