गत आ.ब.मा राष्ट्रबैंकको खूद आय ८०.४ अर्ब, सरकारलाई दियो रु. ४२ अर्ब
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो आम्दानी ९.११ प्रतिशतले बढाउने सफलता पाएको छ । केन्द्रीय बैंकले आइतबार अर्थमन्त्री रामेश्वर खनाललाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ÷हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ४८ करोड २६ लाख ५०...

