बाराही हाईड्रोपावर १.८७ करोड घाटा व्यहोर्न बाध्य, रिजर्भ पनि १०.७३ करोडले ऋणात्मक
काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेड गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी १ करोड ८७ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २ करोड ७ लाख रुपैयाँ घाटामा थियो । कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ६१ लाख र अन्य आम्दानी २५ हजार ३५७ सय रुपैयाँ आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीले २७ लाख ११ हजार...

