८ महिनामा सेबोनद्वारा पौने २५ अर्ब रुपैयाँको धितोपत्र निष्कासन अनुमति, नेप्सेमा रु.६५ अर्ब ८५ करोडको आईपीओ सूचीकृत
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पौने २५ अर्ब रुपैयाँको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा सेबोनले २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको हो । जसमा बोर्डले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ), ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६...

