सर्वोत्तम सिमेन्टको आईपीओमा १९.३२ गुणा बढी आवेदन, साढे ९ लाखको हात खाली हुने
काठमाण्डौ । सवोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । आज निष्कासनको अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १० लाख १२ हजार ३८४ आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँबराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । कम्पनीले गत फागुन १३ गतेदेखि प्रतिकित्ता मूल्य रु ३६०.९० अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओको बिक्री...

