११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.१३ अंकले घटेर २६०० विन्दुमा आएको छ । नेप्सेमा सूचीकृत ३६७ कम्पनीको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.०९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.०४ प्रतिशतले बढेको छ...

