तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुबै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.३५ प्रतिशत र निर्जीवन बीमा समूह ०.६७ प्रतिशतले...