ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड- २०२३ बाट सम्मानित
काठमाण्डौ । ग्लोबल आइएमई बैंक भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड- २०२३ बाट सम्मानित भएको छ ।भिषा इन्टरनेशनलद्वारा काठमाण्डौमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोसिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो ।