एनभिडीया र एएमडीले सार्वजनिक गरे नेक्स्ट जेनेरेशन एआई चिप्स, ग्लोबल लिडर बन्न तीव्र प्रतिस्पर्धा
काठमाण्डौ । एनभिडीया र एएमडीले ताइवानमा आफ्ना छुट्टा–छुट्टै नेक्स्ट जेनेरेशन एआई चिप्स लञ्च गरेका छन् । यससँगै एआईको दौडमा इन्टेलसहति तीन कम्पनीको तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । एनभिडीयाको सीईओ जेनसेन हुवाङले कम्पनीले सन् २०२६ मा अहिलेसम्मकै उन्नत ‘रुबिन’नामक एआई चिप प्लेटफर्म रोलआउट गर्ने जानकारी दिएका छन् । रुबिन प्लेटफर्मले ब्ल्याकबेलको स्थान लिनेछ र यसले...

