प्रतितोला ३९ सयले बढ्दै नयाँ उचाईमा पुग्यो सुनको भाउ
काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज अघिल्लो दिनको तुलनामा ३ हजार ९ सय रुपैयाँले बढ्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

