शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । साताको दोस्रो कारोबारका दिन नेप्सेमा शीर्ष १० ब्रोकरमा ५ वटा बाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिमिटजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६९ करोड ५४ लाखको खरिद भएको छ भने ८३ करोडको बिक्री भएको देखिन्छ । दोस्रो स्थानामा रहेको भिजन सेक्यूरिटिजबाट ४७ करोड ६२ लाखको खरिद भएको छ भने ३६ करोड ६२ लाखको बिक्री भएको छ ।

