आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । बुधबार सेयरबजारमा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, भिजन सेक्युरिटिज र अनलाईन सेक्युरिटिज रहेका छन् ।

