बढ्दो बजारमा सेबोनको बक्रदृष्टि, भित्रभित्रै ब्रोकर र ठूला लगानीकर्ता तर्साउने खेलमा
काठमाण्डौ । सेयर बजारमा बग्रेल्ती समस्या छन् । तिनको समाधानका लागि वर्षौदेखि उठेका आवाजहरुको उचित सम्बोधन हुन सकेको छैन । पछिल्लो समय अध्यक्ष नहुँदा नेपाल धितोपत्र बोर्ड(सेबोन)को नियमन कमजोर बनेको छ । सयौं कम्पनीको आईपीओ, हकप्रद, ऋणपत्रको प्रस्तावको थाक लागेर बसेको छ । बोर्डका कतिपय अधिकारी कतिपय कम्पनीहरुसँग सेटिङमै व्यस्त हुने गरेका बेला बेला आरोप लाग्ने गरेको छ भने...

