सोनापुर मिनरल्सको खस्कदो वित्तीय अवस्थाः घाटा ४६.९२ करोड पुग्यो, आम्दानी पनि घट्यो
काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको वित्तीय अवस्था खस्किएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी घाटामा गएको छ । कम्पनी यो अवधिसम्म ४६ करोड ९२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो ।

