एनआइसी एशिया क्यापिटलको व्यवसायमा उत्साहजनक वृद्धि, फण्डहरुको न्याभ पनि बढ्यो
काठमाण्डौ । नेपालको अग्रेणी लगानी तथा मर्चेन्ट बैंक बन्ने भिजन लिएर स्थापना भएको एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो व्यवसायमा उत्कृष्ट वृद्धि गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को प्रगति विवरण सार्वजनिक गर्दै गत आवमा १२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १६.१२ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७९/८० मा...

