रिलायन्सको आईपीओमा मिलेमतोको आरोप: १८ संस्थागत लगानीकर्तामाथि छानबिन माग्दै विभिन्न निकायमा उजुरी
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेड (RSML) को आईपीओ मूल्य निर्धारण प्रक्रियालाई लिएर विवाद पुनः चर्किएको छ । १८ योग्य संस्थागत लगानीकर्ता (QII) माथि कारबाहीको माग गर्दै लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी दिएका छन्।

