सुन र चाँदीको मूल्यमा आज गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आइतबारको कारोबारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुन गत शुक्रबारको तुलनामा २ हजार ८ सय रुपैयाँले सस्तिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको कारोबार प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम थियो ।

