एक महिनामा १.७७% ले घट्यो नगद परिचालन, सरकारी कोषमा पनि गिरावट
काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन १.७७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो । विवरण अनुसार चैत महिनासम्ममा बजारमा ६ खर्ब ६७ अर्ब ६३ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत वैशाख महिनाको तुलनामा १.७७ प्रतिशतले कम हो । वैशाख महिनासम्ममा बजारमा ६ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँबराबरको नगद...