बजारमा बढी भएको पैसा व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, आज ५० अर्ब रुपैयाँ झिक्दै
काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले केहि सयमयता निरन्तर बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने...

