डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.४६ रुपैयाँ र बिक्रीदर १३४.०६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.५८ रुपैयाँ र बिक्रीदर १३४.१८ रुपैयाँ कायम भएको थियो।

