तरलताको समस्या जस्ताको त्यस्तै, आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाण्डौ । बजारमा अधिक तरलताको समस्या देखिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो । बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।

