विकास ऋणपत्र मार्फत रु.१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार,बोलकबोल आज
काठमाण्डौ । नेपाल सरकारले विकास ऋणपत्र बिक्री गरेर १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्र बैंकले १० अर्ब रुपैयाँबराबरको ५ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ठ’ जारी गर्न लागेको हो । यो विकास ऋणपत्रको बोलकबोल आज दिउँसो २ बजे अनलाइन बिडिङमार्फत हुन लागेको हो ।

