सामाजिक सञ्जालमा हुने विज्ञापन सरकारले नियमन गर्ने
काठमाण्डौ । सरकारले सामाजिक सञ्जालहरुमा हुने विज्ञापनलाई नियमन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । संघीय संसदमा बजेट प्रस्तुत गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्ने तथा त्यहाँ हुने विज्ञापनलाई नियमन गरिने बताएका हुन् ।

