शुक्रबार, बैशाख २५,२०८३ 09:28:53
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 09:28:53
जेनजी आन्दोलनका कारण युलेन्स स्कुलमा १.२५ अर्बको क्षति
NEWS

जेनजी आन्दोलनका कारण युलेन्स स्कुलमा १.२५ अर्बको क्षति

काठमाण्डौ । युलेन्स एजुकेसन फाउन्डेसनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्लोदनमा भएको आगजनी तथा तोडफोटबाट १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाएको छ । फाउन्डेसनले एक विज्ञप्ती जारी गर्दै उक्त घटनाका कारण ठूलो क्षति भएको जनाएको हो ।  ‘‘किन्डरगार्टेनदेखि आईबी डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीहरूका लकरमा रहेका पुस्तक तथा स्टेसनरीहरु समेत जलाइएका छन् ।...

राष्ट्रपति पौडेलबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी
NEWS

राष्ट्रपति पौडेलबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नावाली ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१०बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् ।

पेरिसमा नेपालको साहसिक र प्रकृतिमा आधारित पर्यटनबारे सशक्त प्रस्तुति
TOURISM

पेरिसमा नेपालको साहसिक र प्रकृतिमा आधारित पर्यटनबारे सशक्त प्रस्तुति

काठमाण्डौ। नेपाल पर्यटन बोर्डले फ्रान्सको राजधानी पेरिसमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन महोत्सव इन्टरनेश्‍नल फ्रेन्च टुरिज्म मार्ट –आईएफटीएम टप रेजा २०२५ नेपाल साहसिक र प्रकृतिमा आधारित पर्यटनका हिसाबले विश्वस्तरीय गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । यस वर्ष टुरिजम् मार्टसँगै सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहणको ७५ औं वर्ष...

आन्दोलनमा क्षतिग्रस्त सरकारी भौतिक संचरना पुनर्निर्माणका लागि समिति गठन
NEWS

आन्दोलनमा क्षतिग्रस्त सरकारी भौतिक संचरना पुनर्निर्माणका लागि समिति गठन

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका कारण क्षतिग्रस्त सरकारी भौतिक संचरना पुनर्निर्माणका लागि समिति गठन गरेको छ । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरेको हो । यो समितिको अध्यक्ष अर्थमन्त्री अध्यक्ष हुनेछन् भने यसमा जम्मा पाँच सदस्य रहनेछन् ।  समिति सदस्यमा गृहमन्त्री, सहरी विकासमन्त्री, मुख्यसचिव र सहरी विकास मन्त्रालयका सचिवले रहनेछन् । समितिको अवधि एक...

स्वीकृत दरबन्दी बाहेक अस्थाई तथा करारमा कर्मचारी राख्न नपाइने, स्वकीय सचिवालयमा बढीमा तीन जना मात्रै
ECONOMY& POLITICS

स्वीकृत दरबन्दी बाहेक अस्थाई तथा करारमा कर्मचारी राख्न नपाइने, स्वकीय सचिवालयमा बढीमा तीन जना मात्रै

काठमाण्डौ । सरकारले स्वीकृत दरबन्दी बाहेकमा अस्थाई तथा करारमा कर्मचारी राख्न नपाउने निर्णय गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषदुको बैठकले आर्थिक सुशासन तथा मितव्ययिता कायम गर्न सरकारी निकायहरुको खर्च कटौती गर्ने उद्देश्यले सरकारको संगठनात्मक सुधार गर्दै नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थाई तथा करारमा कर्मचारी राख्न नपाउने व्यवस्था...

सरकारी कार्यालयमा जथाभावी एसी र पंखा चलाउन नपाइने
NEWS

सरकारी कार्यालयमा जथाभावी एसी र पंखा चलाउन नपाइने

काठमाण्डौ । सरकारले पानी, बिजुली र सञ्चार महसुल लगायतका सेवा खर्चमा मितव्ययिता कायम गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको असोज ५ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  जसअनुसार पानी, बिजुली र सञ्चार महसुल वापत विनियोजित बजेटबाट खर्च धान्ने गरी मितव्ययी ढंगले खर्च गनु पर्नेछ । यस्तै, कार्यालयमा आवश्यक नपरेको समयमा बत्ती, एअरकन्डिसन, पंखा जस्ता बिजुली खपत हुने यन्त्र...

महङ्गा इलेक्ट्रोनिक्स र विलासी सामग्रीहरू खरिदमा रोक, राजदूतहरुको सुविधामा समेत कटौती
ECONOMY& POLITICS

महङ्गा इलेक्ट्रोनिक्स र विलासी सामग्रीहरू खरिदमा रोक, राजदूतहरुको सुविधामा समेत कटौती

काठमाण्डौ । सरकारले महङ्गा इलेक्ट्रोनिक्स र विलासी सामग्रीहरू खरिद नगर्ने भएको छ । मन्त्रीपरिषदको असोज ५ गते बसेको बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्न यस्तो निर्णय गरेको हो । अर्थ मन्त्रालयले उक्त निर्णय कार्यान्वयन गराउन सबै मन्त्रालय तथा निकाय, प्रदेश सरकार र सबै स्थानिय तहलाई पत्राचार गरेको छ ।  अर्थ मन्त्रालयका अनुसार नेपाल सरकार र प्रदेश सरकारका...

खर्च कटौतीमा सरकारको जोड, अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक
NEWS

खर्च कटौतीमा सरकारको जोड, अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक

काठमाण्डौ । सरकारले अनावश्यक खर्च कटौती गर्ने उद्देश्य स्वरुप अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद् बैठकले  यस्तो निर्णय गरेको हो ।यससँगै सरकार, प्रदेश, स्थानीय तह, संस्थान, प्रतिष्ठान र निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा जान पाइने छैन । त्यस्तै, अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सरकार प्रमुखको नेतृत्वमा जाने प्रतिनिधिमण्डल...

अर्थमन्त्रीको इमेलमा गुनासोको लहर, ६ घण्टाभित्र १६६ वटा कम्प्लेन  !
NEWS

अर्थमन्त्रीको इमेलमा गुनासोको लहर, ६ घण्टाभित्र १६६ वटा कम्प्लेन !

काठमाण्डौ । अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले इमेलबाट अर्थमन्त्रालय मातहतका निकायका काम कार्यबाहीको विषयमा बग्रेल्ती गुनासाहरु प्राप्त भएको बताएका छन् ।  डा. खनालले मंगलबार साँझ एक स्टाटस पोस्ट गर्दै छोटो समयमा निकै धेरै गुनासोहरु इमेलमा आएको बताएका हुन् । 

वायुसेवा निगमद्वारा चोरी भएका सामान बुझाउन आग्रह
NEWS

वायुसेवा निगमद्वारा चोरी भएका सामान बुझाउन आग्रह

काठमाण्डौ । नेपाल वायुसेवा निगमले गत भदौ २३ र २४ गतेको आन्दोलनमा हराएका तथा चोरी भएका सामान बुझाउन आग्रह गरेको छ । निगमले एक सूचना जारी गर्दै आन्दोलनका क्रममा लुटिएका नगद तथा जिन्सी सामान बुझाउन आग्रह गरेको हो ।  सूचनामा निगमको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भएको तोडफोड, आगजनी, चोरी एवम् लुटपाटबाट हराएका सामग्री फिर्ता गर्न सबैलाई आग्रह गरिएको छ ।  

निर्वाचन आयोगलाई तत्काल चुनावको तयारी थाल्न प्रधानमन्त्रीको आग्रह
ECONOMY& POLITICS

निर्वाचन आयोगलाई तत्काल चुनावको तयारी थाल्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तत्काल गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा उनले यस्तो आग्रह गरेकी हुन् ।  उक्त अवसरमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन...

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवालले गरे दुई निर्णय
NEWS

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक सिलवालले गरे दुई निर्णय

काठमाण्डौ । विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । पदभार सम्हालेसँगै उनले दुईवटा निर्णय गरेका छन् ।  जसमा आर्थिक नियमावली अनुसार ठूलो पूँजीका आयोजना र कामहरुको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनाउने र १० औं तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै...

आजदेखि नवनियुक्त शिक्षामन्त्री पुनको बसोवास मन्त्रालयमै
NEWS

आजदेखि नवनियुक्त शिक्षामन्त्री पुनको बसोवास मन्त्रालयमै

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बसोवास गर्ने भएका छन् । सोमबार शपथ ग्रहण गर्दै पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन  निर्देशन दिएका थिए ।  

अझैपनि प्रणालीगत समस्या समाधान नभए युवामा थप निराशा बढ्छ: श्रेष्ठ
ECONOMY& POLITICS

अझैपनि प्रणालीगत समस्या समाधान नभए युवामा थप निराशा बढ्छ: श्रेष्ठ

काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठले जेनजी आन्दोलनपछि पनि देशको प्रणालीगत समस्या र झन्झटिलो प्रक्रियामा सुधार नआए युवामा थप निराशा छाउने बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ९नाफिज० ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक अन्तरक्रियामा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।  उनले प्रणालीमा सुधार नभए देशबाट युवा...

निजी क्षेत्रलाई  उठाउन ‘रिफाइनान्सिङ’को व्यवस्था चाहिन्छ: दीपक मल्होत्रा
ECONOMY& POLITICS

निजी क्षेत्रलाई उठाउन ‘रिफाइनान्सिङ’को व्यवस्था चाहिन्छ: दीपक मल्होत्रा

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकारसँघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्रको पुनरुत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थाबाट उद्योगीलाई उठाउनको रिफाइनान्सिङ आवश्यक रहेको बताएका हुन ।...

पर्यटन क्षेत्र सुधार्न ‘रिकभरी प्लान’ आवश्यक: टान अध्यक्ष पाण्डे
TOURISM

पर्यटन क्षेत्र सुधार्न ‘रिकभरी प्लान’ आवश्यक: टान अध्यक्ष पाण्डे

काठमाण्डौ । ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले नीजि क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताएका छन् । नाफिजले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै पाण्डेले केही दिन अगाडि भएको जेनजी आन्दोलन नीजि क्षेत्र लक्षित समेत भएको बताउँदै यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।जेनजी...

राजेन्द्र मल्ल भन्छन ‘व्यवसायीलाई सरकारले ढुक्क बनाउन सक्नुपर्छ’
ECONOMY& POLITICS

राजेन्द्र मल्ल भन्छन ‘व्यवसायीलाई सरकारले ढुक्क बनाउन सक्नुपर्छ’

काठमाण्डौ। नेपाल चम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै  मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको धारणा राखेका हुन् । ‘अहिलेको अवस्थामा सरकारले...

जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो: पाण्डे
ECONOMY& POLITICS

जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो: पाण्डे

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष  विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् ।  नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले  कुल ग्राहस्थ उत्पादन...

आन्दोलनले अर्थतन्त्रमा धक्का पुग्यो, सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ: ढकाल*
ECONOMY& POLITICS

आन्दोलनले अर्थतन्त्रमा धक्का पुग्यो, सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ: ढकाल*

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनले आर्थिक रुपमा  ठूलो क्षति पुगेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले सार्वजनिक र निजी क्षेत्रको ठूल्ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताएका हुन् ।  

सन नेपाल लाइफको आठौं वार्षिकोत्सव सम्पन्न
NEWS

सन नेपाल लाइफको आठौं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । विसं २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X