विश्वकपमा अस्ट्रियामाथि स्पेनको सहज जित
काठमाण्डौ । स्पेनले २०२६ फिफा विश्वकपको नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रियालाई ३–० ले पराजित गरेको छ। यस जितसँगै स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ।स्पेनको जितमा मिकेल ओयार्जाबालले दुई गोल गरे भने पेड्रो पोरोले एक गोल थपे। ओयार्जाबालले ३६औँ र ८९औँ मिनेटमा गोल गरे भने पोरोले ६६औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए।

