पहिरो हटाएपछि पृथ्वीराजमार्ग पूर्णरूपमा सञ्चालनमा
काठमाण्डौ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पहिरो हटाएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ।शनिबार राति करिब १०ः२५ बजे सडकको माथिल्लो भागबाट रूखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गअन्तर्गत नारायणगढ–काठमाण्डौ सडकखण्ड दुवैतर्फी अवरुद्ध भएको थियो।

