गणेश नेपाली मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न कांग्रेस नेता आङ्देम्बेको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आङ्देम्बेले महानगर प्रहरीबाट भएको भनिएको दुर्व्यवहार र प्रताडनाका कारण नेपाली गम्भीर मानसिक तनावमा पुगेको परिवारको दाबीबारे...

