शुक्रबार, असार १९,२०८३ 06:42:45
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 06:42:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बसर अल असदले रुसलाई २५० मिलियन डलर नगद दिएको खुलासा

Laxmi Sunrise Bank Limited
बसर अल असदले रुसलाई २५० मिलियन डलर नगद दिएको खुलासा

काठमाण्डौ । सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असदले रुसलाई २५० मिलियन डलरबराबरको नगद दिएको तथ्य सार्वजनिक भएको छ । असदले यो रकम सन् २०१८ देखि २०१९ को बीचमा दिएका थिए ।  

यसले असद सत्ता र रुसबीच सिरिया द्धन्द्धका बेला वित्तीय साझेदारी रहेको देखाएको जनाइएको छ । यो रकम अमेरिकी डलर र युरोमा हस्तान्तरण गरिएको थियो । यो कदमले देशमा व्याप्त प्रतिबन्ध र विदेशी मुद्राको अभावका बेला रुसमाथि असदको निर्भतालाई संकेत गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

सिरियामा सन् २०११ देखि गृहयुद्ध चर्केयता रुस, असदको ‘लाइफलाइन’को रहँदै आएको छ । फाइनान्सियल टाइम्सका अनुसार सिरियाली केन्द्रीय बैंकले मस्कोस्ीिथत भुनुकोभो विमानस्थलमा २ टन नगद लैजान विमानको व्यवस्था गरेको थियो । उक्त नगद ‘रसियन फाइनान्सियल कर्पोरेशन बैंक(आरएफके)मा जम्मा गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो बैंक रुसको सरकारी हतियार आयातकर्ता कम्पनी रोसोबोरोन एक्पोर्टद्वारा नियन्त्रित छ । उक्त नगद सिरियामा बसर अल असदको सत्ता जोगाउन रुसले सैन्य सहायता प्रदान गरिरहेका बेला प्रदान गरिएको थियो ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.