• आईतवार, भाद्र २९,२०८२ 01:19:40
Global IME Bank Limited

दक्षिण कोरियाली राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास जारी, निजी निवास पुगे अनुसन्धानकर्ता

Hyundai Nepal
दक्षिण कोरियाली राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास जारी, निजी निवास पुगे अनुसन्धानकर्ता

काठमाण्डौ । महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न दक्षिण कोरियाली अधिकारीहरू उनको निवास परिसरमा प्रवेश गरेका छन् । अधिकारीहरु येओनको समर्थनमा भेला भएका प्रदर्शनकारीहरूको भीडबाट छल्दै उनी बस्ने निवास परिसरमा प्रवेश गरेका छन् ।  

अधिकारीहरुलाई येओलको सुरक्षामा खटिएका सुरक्षा गार्डहरुले रोकेको समेत जनाइएको छ । रिपोर्टका अनुसार, येओलको पक्राउ वारेन्ट सीआईओ अधिकारीहरूले पेश गरेका थिए, तर सुरक्षा कार्यालयका प्रमुखले सर्च गर्न अनुमति दिन अस्वीकार गरेका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनलाई पक्राउ गर्नका लागि भ्रष्टाचार अनुसन्धान कार्यालयका उच्च पदस्थ अधिकारी र प्रहरीका करिब ५० जना कर्मचारी राष्ट्रपति निवास परिसरमा प्रवेश गरेको बताइएको छ ।  

उनीहरूलाई सुरुमा राष्ट्रपतिका करिब २० अंगरक्षकहरूले अवरोध गरेका थिए, जसले अन्ततः एक घण्टाभन्दा कम समयसम्म चलेको अवरोधपछि प्रवेश गर्न अनुमति दिइएको छ । स्थिति नियन्त्रण गर्न येओल निवास नजिकैको सडकमा करिब २ हजार ८ सय प्रहरी परिचालन गरिएको थियो।

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.