बुधबार, बैशाख २,२०८३ 06:27:39
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:27:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन बैंकले सम्पन्न गर्यो साधारण सभा

Bizshala
हिमालयन बैंकले सम्पन्न गर्यो साधारण सभा
Shivam Cement

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा यसका सहायक कम्पनीहरु सहितको आव २०८०÷८१ को एकिकृत वित्तीय विवरण पारित गरेको छ ।  

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले सेयरधनीहरुलाई बैंकको दरवारमार्ग स्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ सेवा संचालनमा ल्याईसकेको जानकारी गराए । तथापी   आफ्नो सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले संचयकोषको उक्त भवनको प्रवलिकरण पश्चात् ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्नको लागि आवश्यक स्थान पुनः भाडामा लिने प्रक्रियामा रहेको पनि जानकारी गराए ।  

यसका साथै, बैंकले नयाँ सडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य  प्रारम्भ गरिसकेको जानकारी गराए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस पश्चात् बैंकका अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि र्बैकको खुद मुनाफा रु. १ अर्ब २३ करोड ८३ लाख ३ हजार रहेको र अन्य आम्दानी गणना गर्दा बैंकको खुद आम्दानी रु. १ अर्ब २ करोड ३९ लाख १ हजार रहेको जस मध्ये अनिवार्य जगेडा कोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने रु. २४ करोड ७६ लाख ६० हजार छुट्याइएको जानकारी दिए ।  

यसै गरी बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई  रु. २ खर्ब ९७ अर्ब ७२ करोड ५३ लाख पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ४७ अर्ब १० करोड ९० लाख रहेको जानकारी गराए । सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भई क्रमशः रु. ३ खर्ब ५५ अर्ब ७३ करोड ५८ लाख र रु. ३६ अर्ब ६२ करोड ३१ लाख पुगेको पनि जानकारी गराए ।  

नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधिनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नु परेकोले समीक्षा वर्षमा बैंकले रु.२ अर्ब ८८ करोड ५४ लाख मात्र  संचालन मुनाफा आर्जन गरेको र खुद मुनाफा रु. १ अर्ब २३ करोड ८३ लाखमा सिमित भएको जानकारी दिनुभयो ।  

CG Motors
Garima Development Bank
IME remit

 

यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही रु. १ अर्ब १२ करोड ४३ लाख ४८ हजार कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरुमा अपलेखन भएका कर्जाबाट रु १ करोड ४ लाख १८ हजार असुली गर्न सफल भएको छ । अपलेखन गरिएको कर्जाका साथै अन्य निष्क्रिय कर्जाको असुलीले चालू आर्थिक वर्षको नाफामा सहयोग पुग्ने विश्वास दिलाए । बैंकले स्थापनाकालदेखि नै नियमितरुपमा आफना सेयरधनीहरुलाई बोनस सेयर तथा नगद लाभांशको रुपमा आर्कषक मुनाफा दिने गरेकोमा अघिल्लो वर्ष तथा यस वर्ष सो लाई निरन्तरता दिन नसकेकोमा दुःख व्यक्त गर्दै कर्जा नोक्सानी व्यवस्था लगायत अन्य शिर्षकमा रकमान्तर भएको रकम फिर्ता गरी  आगामी दिनमा पहिले जस्तै आकर्षक लाभांश दिने कुरामा जोड दिए ।  

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.