आईतवार, जेष्ठ ३,२०८३ 04:38:40
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:38:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कोकाकोलामा पटाका र किटनाशक विषादिमा प्रयोग गरिने पदार्थ भेटिएपछि यूरोपबाट फिर्ता, नेपालीहरु निर्वाध पिउँदै

Laxmi Sunrise Bank Limited
कोकाकोलामा पटाका र किटनाशक विषादिमा प्रयोग गरिने पदार्थ भेटिएपछि यूरोपबाट फिर्ता, नेपालीहरु निर्वाध पिउँदै
Shivam Cement

कोकाकोलाले युरोपका केही मुलुकहरूबाट आफ्ना हालैका केही उत्पादनमा 'क्लोरेट' नामको रसायन "उच्च मात्रामा" पाइएको भन्दै ती पेय पदार्थ फिर्ता लिएको जनाएको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै बेल्जियम, लक्जमबर्ग र द नेदरल्यान्ड्सबाट कोकाकोला फिर्ता लिएको बताएको छ।  

उसले थपेको छ- पाँच प्रकारका उत्पादनहरू मात्र ब्रिटेनमा पठाइएको र ती सबै बिक्री भइसकेको पाइएको छ।

कोकाकोलाको अन्तर्राष्ट्रिय बोटलिङ र वितरण निकायको बेल्जियम शाखाका अनुसार त्यसरी प्रभावित उत्पादनहरूमा कोक, फ्यान्टा, स्प्राइट, ट्रोपिको र मिनेट मेड ब्रान्डका पेय पदार्थ थिए।

क्लोरिनमा आधारित कीटाणुनाशकको प्रयोग पानी प्रशोधन र खाद्य उत्पादनका निम्ति गरिन्छ, त्यसबेला क्लोरेट भन्ने रसायन उत्पादन पैदा हुन्छ।

Bizshala
New Office
CG Motors

कोकाकोलाका एकजना प्रवक्ताले बीबीसीलाई भने, "स्वतन्त्र विज्ञहरूको विश्लेषणको निष्कर्ष छ- यससँग जोडिएका कुनै पनि पदार्थबाट असाध्यै कम जोखिम रहेको छ।"

कोकाकोलाले ब्रिटेनमा अहिलेसम्म कुनै पनि उपभोक्ताबाट यसबारे उजुरी प्राप्त नगरेको बताएको छ र त्यसबारे अधिकारीहरूलाई जानकारी दिइएको र उनीहरूलाई सहयोग जारी राख्ने बताइएको छ।

कम्पनीका अनुसार उत्पादन कोड ३२८ जीईदेखि ३३८ जीईसम्मका एपलटाइजर, कोकाकोला ओरिजिनल टेस्ट, कोका कोला जिरो सुगर, डाइट कोक र स्प्राइट जिरोका "सानो सङ्ख्यामा आयात गरिएका क्यानहरू"मा समस्या देखिएको उसले जनाएको छ। कोकाकोलाको क्यानको तल्लो भागमा ति कोडहरू छापिन्छन्।

द फूड स्ट्यान्डर्ड एजेन्सी ब्रिटेनकी एन ग्राभेटले त्यस विषयमा अनुसन्धान भइरहेको बताइन्।

उनले भनिन्, "यदि हामीले कुनै असुरक्षित खानेकुरा फेला पार्यौँ भने हामी कारबाही गर्नेछौँ त्यस्तो खानेकुरालाई उठाउने छौँ र उपभोक्तालाई सचेत बनाउने छौँ।"

Garima Development Bank
Shivam Cement
IME remit

खासगरी क्लोरेटको उच्च मात्रायुक्त खानेकुरा खाँदा विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ। त्यसमध्ये बच्चा र शिशुहरूमा थाइरोइड समस्या हुन सक्छ।

पोषणविद् क्यारन ग्राजेटले बीबीसीलाई भनिन्,"जति थोरै मात्रामा भए पनि आतसबाजी र कीटाणुनाशक पदार्थमा प्रयोग गरिने त्यस्ता रसायनहरू हामी उपयोग गर्न चाहन्छौँ कि चाहँदैनौँ" भन्ने प्रश्न गर्नुपर्ने बताइन्।

ग्राजेटले पछिल्ला अनुसन्धानहरू उल्लेख गर्दै क्लोरेटको मात्रा धेरै भयो भने वाकवाकी लाग्ने, पखाला लाग्ने र शरीरले अक्सिजन सोस्न सक्ने क्षमतामा ह्रास आउन सक्ने हुन सक्छ भनिन्।

एएफपी न्यूज एजेन्सीले कोकाकोला कम्पनीका नाम उल्लेख गर्न नचाहने एक प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ, "कोकाकोला कम्पनीको बेल्जियमको गेन्टस्थित कारखानाको उत्पादनमा क्लोरेटको उच्च मात्रा भएको थाहा भएको थियो।"

बिक्री नभएका धेरैजसो उत्पादन बजारबाट फिर्ता लिइएको एएफपीले जनाएको छ र कम्पनीले बाँकी पनि फिर्ता लिने प्रक्रियामा रहेको जनाइएको छ।

कोकाकोलाका एकजना प्रवक्ताले आफ्ना 'उत्पादनका गुणस्तर र सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने गरेको' बताए।

-बीबीसीबाट

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.