मंगलवार, माघ २२,२०८१ 09:36:26
IME remit
  • मंगलवार, माघ २२,२०८१ 09:36:26
IME remit
Global IME Bank Limited

फाइनान्सको खस्कदो वित्तीय अवस्था: खराब कर्जा चुलिँदा ७ कम्पनीले ब्यहोरे घाटा,अधिकांश लाभांश दिनै नसक्ने अवस्थामा

Hyundai Nepal
फाइनान्सको खस्कदो वित्तीय अवस्था: खराब कर्जा चुलिँदा ७ कम्पनीले ब्यहोरे घाटा,अधिकांश लाभांश दिनै नसक्ने अवस्थामा
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था नाजुक देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार फाइनान्सहरुले समग्रमा ७४ करोड २३ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले समग्रमा ७ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए । चालु आवको दोस्रो त्रैमाससम्म ७ वटा फाइनान्स घाटामा देखिएका छन् भने ८ वटा फाइनान्स भने नाफामा उक्लिएका छन् । गत आवको सोही अवधिसम्म जम्मा ५ वटा फाइनान्स कम्पनी मात्रै घाटामा थिए ।  

Bizshala
CG Motors
Sagarmatha Cement

८ वटा फाइनान्न कम्पनी नाफामा उक्लिएपनि बाँँकी ७ कम्पनीले अत्यधिक घाटा ब्यहोरेका कारण फाइनान्सहरुको नाफा प्रभावित देखिएको हो ।  

फाइनान्स कम्पनीहरुमा खराब कर्जा चुलिँदै गइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढीमा ५ प्रतिशत मात्रै भए सो कम्पनीको वित्तीय अवस्था राम्रो भएको मानिन्छ । यदि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशत वा सो भन्दा बढी भएमा उक्त संस्थाको वित्तीय स्वास्थ्य बिग्रिँदै गएको बुझ्न सकिन्छ ।  

दोस्रो त्रैमाससम्म आइपुग्दा ११ फाइनान्स कम्पनीको निष्क्रिय कर्जा ५ प्रतिशत वा सो भन्दा बढी छ । खराब कर्जा चुलिँदै गएपछि कम्पनीहरुले ब्याज आम्दानी गर्न नसक्दा नाफा प्रभावित बन्न पुगेको हो ।  

कुनले कति नाफा कमाए ?

चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै नाफा मन्जुश्री फाइनान्सले कमाएको छ । कम्पनीले सो अवधिसम्म ११ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ११.०१ प्रतिशत बढी हो ।  

त्यस्तै, दोस्रोमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीले पनि १० करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १०५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ५ करोड ३२ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

यसका साथै प्राग्रेसिभ फाइनान्सले ८ करोड ५३ लाख रुपैयाँ, नेपाल फाइनान्सले २ करोड ५ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड ३ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले १ करोड ४१ लाख रुपैयाँ, गुडविल फाइनान्सले १ करोड ४ लाख रुपैयाँ, र सेन्ट्रल फाइनान्सले ३४ लाख रुपैयाँ नाफा कमाएको छ ।  

सो अवधिसम्म ७ वटा फाइनान्सले भने घाटा ब्यहोरेका छन् । सबैभन्दा बढी घाटा ब्यहोर्नेमा पोखरा फाइनान्स रहेको छ । फाइनान्सले ६५ करोड ३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

त्यस्तै, जानकीले २४ करोड ८२ लाख, रिलायन्सले ११ करोड ९७ लाख, समृद्धिले ६ करोड २८ लाख, गुहेश्वरी मर्चेन्ट बैंकिङले २ करोड १८ लाख, बेष्ट फाइनान्सले १ करोड ७२ लाख र गोर्खाज फाइनान्सले २५ लाख रुपैयाँ घाटा ब्यहोेरेको छ ।  

Muktinath Bikas Bank Limited

इपीएस कुनको कति ?

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरे इपीएस प्रोग्रेसिभ फाइनान्सको छ । कम्पनीको इपीएस २०.१३ रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रो बढी इपीएस आइसीएफसी फाइनान्सको १८.४४ रुपैयाँ छ ।  

यता मन्जुश्री फाइनानसको इपीएस १७.३३ रुपैयाँ, मल्टीपर्पसको ६.५७ रुपैयाँ, नेपाल फाइनान्सको ५.६२ रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्सको २.८३ रुपैयाँ, गुडविलको २।२२ रुपैयाँ र सेन्ट्रल फाइनान्सको ०.७४ रुपैयाँ रहेको छ ।  

सो अवधिसम्म पोखरा फाइनान्सको इपीएस ११७.८६ रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ भने जानकी फाइनान्सको पनि ७१.९१ रुपैयाँ ऋणात्मक अवस्थामा छ ।  

११ फाइनान्सको खराब कर्जा सीमाबाहिर  

चालु आवको दोस्रो त्रैमाससम्म ११ वटा फाइनान्स कम्पनीको खराब कर्जा ९एनपीएल०सीमाबाहिर छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात बढीमा ५ प्रतिशत हुनुपर्नेछ ।  

सबैभन्दा बढी एनपीएल जानकी फाइनान्सको छ । कम्पनीको खराब कर्जा अनुपात ४०.८८ प्रतिशत छ । त्यस्तै, पोखरा फाइनान्सको ३३.४४ प्रतिशत, समृद्धि फाइनान्सको १९.३४ प्रतिशत, गोर्खाज फाइनान्सको १४.४२ प्रतिशत, रिलायन्स फाइनान्सको १४.३१ प्रतिशत, सेन्ट्रल फाइनान्सको ११.९४ प्रतिशत र नेपाल फाइनान्सको १०.४६ प्रतिशत छ ।  

त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको ९८.१८ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ७.५७ प्रतिशत, गुडविलको ६.७७ प्रतिशत र मल्टीपर्पस फाइनान्सको ५.४५ प्रतिशत रहेको छ भने अन्य कम्पनीको एनपीएल ५ प्रतिशत भन्दा तल रहेको छ ।  

अधिकांश फाइनान्स लाभांश दिन नसक्ने अवस्थामा  

बैंक तथा वित्तीय संस्थाहरुले आर्जित मुनाफाबाट केही प्रतिशत रकम लाभांश बाँड्नका लागि छुट्याएका हुन्छन् वा छुट्याउनुपर्ने प्रावधान छ । सेयरधनीहरुलाई आर्थिक वर्ष सकिएपछि छुट्याएको मुनाफाबाट कम्पनीले लाभांश बाँड्नुपर्छ ।  

बैंक तथा वित्तीय संस्थाहरुले त्रैमासिक रिर्पोटमा वितरणयोग्य मुनाफा छुट्याएर कतिसम्म लाभांश दिन सक्छन् भन्ने विवरणमा देखाएका हुन्छन् तर दोस्रो त्रैमाससम्म अधिकांश फाइनान्स कम्पनी लाभांश दिनै नसक्ने अवस्थामा देखिएका छन् ।  

सो अवधिसम्म १० वटा फाइनान्स कम्पनीको वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा रहेको छ भने तीनवटाको धनात्मक रहेको छ । जानकी र मल्टीपर्पस फाइनान्सले भने वितरणयोग्य मुनाफा वित्तीय विवरणमा उल्लेख गरेका छैनन् ।  

सबैभन्दा बढी ऋणात्मक हुने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा सो अवधिसम्म १ अर्ब ५५ करोड २० लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।  

साथै तीनवटा फाइनान्सको यस्तो अवस्था भने धनात्मक नै देखिएको छ । मन्जुश्री फाइनान्सको वितरणयोग्य मुनाफा १५ करोड ९ लाख रुपैयाँ, आइसीएफसी फाइनान्सको ४ करोड ४९ लाख र श्री इन्भेष्टेमेन्ट फाइनान्सको ९९ लाख रुपैयाँ रहेको छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.