बुधबार, फाल्गुन १४,२०८१ 07:50:08
IME remit
  • बुधबार, फाल्गुन १४,२०८१ 07:50:08
IME remit
Global IME Bank Limited

यी हुन् जीडीपीका आधारमा सन् २०२५ का शीर्ष १० धनाढ्य देशहरु

Hyundai Nepal
यी हुन् जीडीपीका आधारमा सन् २०२५ का शीर्ष १० धनाढ्य देशहरु
Nabil Bank Limited

काठमाण्डौ । धेरैजसो मानिसहरुले देशको कुल ग्राहस्थ उत्पादन(जीडीपी)लाई कुन देश कति धनी छ भनेर जाच्ने औजारको रुपमा लिने गर्छन । तर यसको विश्वस्नीयतामाथि थुप्रे प्रश्नहरु समेत उठ्ने गरेको पाइन्छ ।  

जीडीपीको आधारमा धनी देशको सूची तयार पार्नु अव्यवहारिक हुने समेत सुन्ने गरेको पाइनछ । यसलाई आधार मान्ने हो भने चीन र भारत कम धनी देशको श्रेणीमा पर्न सक्छन् । कुनै पनिको जीडीपी पर क्यापिटका त्यस देशको कुल आर्थिक उत्पादनलाई कुल जनसंख्याले भाग गरेर निकालिन्छ । यसले प्रतिव्यक्तिसँग कति सम्पत्ति छ भन्ने दर्शाउछ । यसले व्यक्तिको जीवनयापनको स्तर र अर्थतन्त्रमा प्रतिव्यक्तिको योगदान थाहा पाउन सकिन्छ ।  

फोब्र्सले यसै आधारमा सन् २०२५ का विश्वका शीर्ष १० धनाढ्य देशहरुको सूची सार्वजनिक गरेको छ । यद्यपी जीडीपी पर क्यापिटकाले जीवनयापनको सम्पूर्ण खर्चको भिन्नता र क्रयशक्तिमाथि नियन्त्रण गर्न सक्दैन । अर्थशास्त्रीहरुका यसलाई ‘पर्चेजिङ पावर प्यारिटी(पीपीपी)ले एडजस्ट गर्ने गर्छन् ।  

यी हुन् जीडीपीका आधारमा सन् २०२५ का शीर्ष १० देश ?

१.लक्जमबर्ग

लक्जमबर्ग विश्वको सबैभन्दा धेरै जीडीपी–पीपीपी पर क्यापिटका भएको देश हो । यो देशको जीडीपी–पीपीपी १ लाख ५४ हजार ९१० डलर रहेको छ । जसले यो देशको उच्च जीवनस्तरलाई जनाउछ । यहाँको वित्तीय क्षेत्र उन्नत हुनुका साथै उच्च व्यवसायिकमैत्री वातावरण रहेको छ । सानो भएपनि यो देशको अर्थतन्त्र एदकमै विकसित रहेको छ । सम्पन्नताको उच्चम विन्दुमा पुगेको यहाँको २.७ प्रतिशतको आर्थिक वृद्धिदरले अर्थतन्त्र अभलै विस्तार भईरहेको जनाउछ ।  

२ .सिंगापुर  

सिंगापुरको जीडीपी–पीपीपी पर क्यापिटका १ लाख ५३ हजार ६१० डलर रहेको छ । यहाँको अर्थतन्त्रलाई विश्व व्यापार,वित्त र उच्च प्रविधिले साथ दिएको छ । विश्वको सबैभन्दा ठूलो वित्तीय केन्द्र सिंगापुरलाई यसको भौगोलिक अवस्थितीले समेत साथ दिएको छ । २.५ प्रतिशतको दीर्घकालिन आर्थिक विस्तारले यहाँको स्वस्थ व्यवसायिक वाताराणलाई जनाउछ ।  

३. मकाओ  

चीनको विशेष प्रशासनिक क्षेत्रको रुपमा रहेको मकाओ जीडीपी–पीपीपी १ लाख ४० हजार २५० डलर रहेको छ । गेमिङ र पर्यटकका कारण यहाँको अर्थतन्त्र फैलिएको छ । यहाँको क्यासिनो उद्योग विकसित छ, जसले अर्थतन्त्रमा ठूलो टेवा पुर्याईरहेको छ । यहाँको वृद्धिदर ७.३ प्रतिशत रहेको छ ।  

 

 

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

४. आयरल्याण्ड  

आयरल्याण्डको जीडीपी–पीपीपी १ लाख ३१ हजार ५५० डलर रहेको छ । वित्तीय र प्राविधिक क्षेत्रले यहाँको जीवनस्तर उकासेको छ । आयरल्याण्ड हाल प्राविधिक र औषधि उत्पादन बहुराष्ट्रिय कम्पनीहरुको गन्तव्य बनिरहेको छ । यहाँको अर्थतन्त्र २.२ प्रतिशतको वृद्धिका साथ अघि बढिरहेको छ ।  

५. कतार

प्राकृतिक ग्यास र तेल जस्ता प्राकृतिक स्रोत साधनको धनी देश कतारको जीडीपी–पीपीपी १ लाख १८ हजार ७६० डलर रहेको छ । जिवाश्म इन्धनको भण्डारणले कतारलाई विश्वका धनाढ्य देशहरुको सस्चीमा उभ्याएको छ । यहाँको वृद्धिदर १.७ प्रतिशत रहेको छ । तेलमा निर्भर अर्थतन्त्र र विविधिकरणको चुनौतिका कारण यहाँको वृद्धिदर सुस्त देखिएको हो ।  

६. नर्वे  

नर्वेको जीडीपी–पीपीपी पर क्यापिटा १ लाख ६ हजार ५४० डलर रहेको छ । नर्वे प्राकृतिक सम्पदा तथा तेल र ग्यासमा धनी छ । यहाँको सामाजिक कल्याणकारी प्रणाली र जीवनस्तर उत्कृष्ठ छ । नर्वेको वृद्धिदर १.८ प्रतिशत रहेको छ ।  

Sagarmatha Cement

७.स्विट्जरल्याण्ड

सबल अर्थतन्त्रका कारण स्विट्जरल्याण्डको जीडीपी–पीपीपी ९८ हजार १४० डलर रहेको छ । यहाँको अर्थतन्त्रलाई वित्त,फर्मा र उत्पादक उद्योगहरुले टेवा पुर्याएको छ । यहाँको जीवनस्तर उच्च हुनुका साथै स्थिर वित्तीय प्रणाली रहेको छ । पहिले नै विकसित भईसकेका कारण यहाँको अर्थतन्त्र १.३ प्रतिशतको सुस्त गतिमा अघि बढिरहेको छ ।  

८.ब्रुनाई  

ब्रुनाईको जीडीपी–पीपीपी ९५ हजार ४० डलर रहेको छ । जिवाश्म इन्धनको निर्यातका कारण धनी बनेको छ । यहाँको वृद्धि २.५ प्रतिशत रहेको छ ।  

९.गुयाना

गुयाना दक्षिण अमेरिकामा रहेको देश हो । यहाँको जीडीपी–पीपीपी ९१ हजार ३८० रहेको छ । जुन यो महादेृशकै उच्च हो । नयाँ तेल उत्पादन उद्योगका कारण यहाँको अर्थतन्त्र १४.४ प्रतिशतको उच्च वृद्धिका साथ अघि बढिरहेको छ ।  

१०.अमेरिका  

अमेरिकाको जीडीपी–पीपीपी ८९ हजार ६८० डलर रहेको छ । जसले यहाँको उच्च जीवनस्तर र विविधिकृत अर्थतन्त्रलाई दर्शाउछ । अमेरिका उद्योग, प्रविधि र वित्तको क्षेत्रमा विश्वकै अग्रेणी देश हो । यहाँको वृद्धिदर २.२ प्रतिशत रहेको छ ।    

Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.