शुक्रबार, असार २०,२०८२ 01:58:24
  • शुक्रबार, असार २०,२०८२ 01:58:24
Global IME Bank Limited

विदेशी धनाढ्यले ५ मिलियन डलरमा अमेरिकी नागरिकता खरिद गर्न सक्ने, के हो ट्रम्पले ल्याएको ‘गोल्ड कार्ड’ योजना ?

Hyundai Nepal
विदेशी धनाढ्यले ५ मिलियन डलरमा अमेरिकी नागरिकता खरिद गर्न सक्ने, के हो ट्रम्पले ल्याएको ‘गोल्ड कार्ड’ योजना ?
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनाढ्य विदेशीहरुका लागि ‘गोल्ड कार्ड’ बिक्री गर्ने घोषणा गरेका छन् । यो कार्डका माध्यमबाट विदेशीहरुले अमेरिकामा बस्न र काम गर्न सक्नेछन् ।  

यसका साथै उनीहरुले अमेरिकाको नागरिकता समेत पाउनेछन् । यो कार्डको मूल्य ५ मिलियन डलर हुने जनाइएको छ ।  

‘हामी गोल्ड कार्ड बिक्री गर्न गईरहेका छौं,’ट्रम्पले ओभल कार्यालयबाट भने, ‘यो कार्य खरिदसँगै तपाईले ग्रिन कार्ड पाउनु हुनेछ । यो कार्डको मूल्य ५ मिलियन डलर हुने र यसले तपाईलाई ग्रिन कार्डको सुविधा दिनेछ । यसका साथै यसले अमेरिकी नागरिकता पाउने बाटो खुला गर्नेछ ।’

CG Motors
Muktinath Bikas Bank Limited

ट्रम्पले विदेशी धनाढ्यहरु यो कार्ड खरिद गर्न अमेरिका आउने विश्वास व्यक्त गरेका छन् । उनले यो कार्डको बिक्री आगामी दुई साताभित्र हुने र लाखौं कार्ड बिक्री गरिने बताए ।  

रुसी धनाढ्यहरुलाई यो कार्ड बिक्री गरिन्छ कि गरिदैन भन्ने प्रश्नमा ट्रम्पले केही रुसी धनाढ्यहरु राम्रा भएको र उनीहरुलाई पनि यो कार्ड बिक्री गरिने बताए ।  

ट्रम्पसँगै बसेका कमर्स सेक्रेटरी हावार्ड लुट्निकले यो कार्डले अमेरिकी सरकारको ईबी–५ गैरआवासिय इन्भेष्टर भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्ने बताए ।    

ईबी–५ गैरआवासिय इन्भेष्टर भिसा कार्यक्रमले विदशेी लगानीकर्तालाई अमेरिकी परियोजनाहरुमा लगानी गरी रोजगारी सिर्जना गर्न अनुमति दिने गर्छ । जसपश्चात विदेशी लगानीकर्ताले अमेरिकी नागरिकता लागि आवेदन दिन सक्छन् ।  

यो कार्यक्रम सन् १९९२ मा कङग्रेसले ल्याएको हो । यस कार्यक्रमले आर्थिक रुपमा कमजोर क्षेत्रहरुमा कम्तिमा १० लाख ५० हजार वा ८ लाख डलर लगानी गर्ने विदेशी लगानीकर्तालाई ग्रिन कार्ड दिने अनुमति दिन्थ्यो ।      

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.