काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा आप्mनो शाखा विस्तार गरेको छ ।
बैंकले सञ्जाल विस्तार गर्ने क्रममा फागुन १८ गते १२ औं शाखा कार्यालयको रुपमा सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका–४ स्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको हो ।
बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ सेवा विस्तार गरिरहेको जनाएको छ । प्रभु बैंकको यो अभियानले देशैभर बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे छ ।
बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुखलगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आएपश्चात् स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र प्रभु बैंकको दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
साथै, दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंक लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।