बिहीबार, आश्विन १,२०८३ 02:39:01
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 02:39:01
Bizshala
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफ मर्जरको तयारीमा, के प्राधिकरणले लघुबीमकहरुको पूँजी बढाउन लागेको हो ?

गार्डियन माइक्रो लाइफ मर्जरको तयारीमा, के प्राधिकरणले लघुबीमकहरुको पूँजी बढाउन लागेको हो ?
New Office

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभाको एजेण्डामा पूँजी वृद्धि र मर्जरमा जाने प्रस्ताव समेटेको छ ।  

कम्पनीको दोस्रो साधारण सभाको विशेष प्रस्तावमा अन्य कुनै इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी निकायबाट कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने निर्देशन आएमा पनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव राखिएको छ ।  

कम्पनीले साधारण सभाको एजेण्डामा मर्जर र पूँजी वृद्धिको प्रस्ताव राखेसँगै लघुबीमा कम्पनीहरु पनि ठूला बीमकहरु जस्तै मर्जरमा जाने सुरसार गर्न थालेको चर्चा चलेको छ । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीलाई चुक्तापूँजी बढाउन दबाब दिन थालेको र सोही बमोजिम गार्डियन माइक्रो लाइफले साधारण सभाको एजेण्डामा उक्त प्रस्ताव राखेको हो कि भन्ने आँकलन गर्न थालिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

लघुबीमा निर्देशिका बमोजिम लघुबीमकले अनिवार्य रुपमा चुक्तापूँजीको ३० प्रतिशत सेयर पब्लिकमा जारी गर्नुपर्ने प्रावधान छ । लघुबीमा कम्पनी पब्लिकमा गइसकेपछि प्राधिकरणबाट भविष्यमा चुक्तापूँजी बढाउने दबाद आउन सक्ने हेतुले मर्जरको प्रस्ताव राखिएको कम्पनीले जनाएको छ ।  

प्राधिकरणले भविष्यमा लघुबीमा कम्पनीलाई पूँजी बढाउन निर्देशन दिन सक्ने सम्भावनाले अहिलेदेखि नै तयारी थालेको कम्पनीका सीइओ चिरायु भण्डारीले बताए ।  

‘पब्लिकमा गइसकेपछि जसरी ठूला बीमा कम्पनीलाई चुक्तापुँजी बढाउन दबाद दिइयो त्यसरी नै लघुबीमा कम्पनीलाई दबाद नआउला भन्न सकिन्न तर प्राधिकरणबाट अहिले नै सो खालको दबाद आइसकेको छैन’ उनले भने, ‘अहिले चुक्तापुँजी बढाउनका लागि मर्जरको प्रस्ताव राखेर ढोका मात्रै खोलिदिएको हो, अहिले नै मर्जरमा जान लागिएको होइन ।’

Muktinath Bikas Bank Limited

गार्डियन माइक्रो लाइफ सञ्चालनमा आएको भर्खरै २ वर्ष भएको छ । कम्पनी तत्कालै मर्जरमा नजाने र अझै सिंगल पर्फमेन्स देखाउन बाँकी नै रहेको भण्डारीले बताए ।  

‘भोलिका दिनमा प्राधिकरणले पुँजी बृद्धि गर्न निर्देशन दिदा हतार हतार साधारण सभा बोलाउनु भन्दा अहिले देखि नै मर्जर र पुँजी बृद्धिको प्रस्ताव पारित गरेर राख्ने हेतु हो’ उनले भने, ‘कम्पनी पब्लिकमा गइसकेपछि भविष्यमा जसरी पनि पुँजी बढाउनैपर्ने हुन्छ, त्यसैको तयारी अहिलेबाटै भएको हो ।’

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.